Logo

रबाकिना र साबालेन्का फाइनलमा



एजेन्सी । अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फ कजाकस्तानकी एलिना रबाकिना र बेलारुसकी एरिना साबालेन्का उपाधिको लागि भिड्ने भएका छन् ।

बिहीबार भएको महिला एकलतर्फको सेमिफाइनल खेलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई ७–६ र ६–३ ले हराउँदै रबाकिना फाइनलमा पुगेकी हुन् ।

महिला एकलकै अर्को सेमिफाइनल खेलमा पोल्याण्डकी माग्दा लिनेटलाई ७–६ र ६–२ ले हराउँदै साबालेन्का पनि फाइनलमा पुगिन् । फाइनल खेल शनिबार हुनेछ ।

यस्तै, अष्ट्रेलियन ओपनको पुरुषतर्फको सेमिफाइनलमा शुक्रबार सर्वियाका नोभाक जोकोभिच र अमेरिकाका टमी पउल तथा रुसका कारेन खचानोभ र ग्रिसका स्टेफानोस सित्सीपास भिड्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot