Logo

चितवन–२ मा स्वतः विजयी घोषित गर्न कांग्रेस नेता श्रेष्ठको माग, निवेदन दिन निर्वाचन आयोग जाँदै



काठमाडौं, माघ २२ । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ चितवन-२ मा आफूलाई स्वतः विजयी घोषणा भएको माग गर्दै निर्वाचन आयोग जाने भएका छन् ।

सर्बोच्च अदालतले चितवन २ बाट निर्वाचित रबि लामिछाने नेपालको नागरिक नभएको हुँदा उम्मेदवार हुन योग्यता नै नपुगेको भन्दै सांसद पद खारेज गरिदिएपछि योग्य उम्मेदवारहरूमध्ये सबैभन्दा धेरै मत पाएका कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयी भएको माग गर्दै निर्वाचन आयोग जान लागेका हुन् ।

अहिले बिहान साढे ११ बजे आयोगमा निवेदन दिने र दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर सोको जानकारी गराउने श्रेष्ठको तयारी रहेको छ । गत निर्वाचनमा श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए ।

लामिछानेसँग उनको मतान्तर ३४ हजार ३१२ रहेको थियो । श्रेष्ठले मतदान हुनुअघिनै रबि लामिछानेको नेपालको नागरिक नै नभएकोले उम्मेदवारी खारेज गरिपाउँ भन्दै उजुरी दिएकोमा निर्वाचन आयोगले कुनै कार्यवाही गरेको थिएन।



प्रतिक्रिया दिनुहोस्

Screenshot