Logo

सन्दीप लामिछानेको उत्कृष्ट कमब्याक, दोस्रो बलमै विकेट



काठमाडौं, फागुन २ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेटमा उत्कृष्ट कमब्याक गरेका छन् । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत मंगलबार जारी नामिबियाविरुद्धको खेलमा उत्कृष्ट कमब्याक गरेका हुन् ।

सन्दीपले आफ्नो पहिलो ओभरमै विकेट लिए । उनले आफ्नो पहिलो ओभरको दोस्रो बलमै नामिबियाका ओपनिङ ब्याटर कार्ल बर्केनस्टकलाई १३ रनमा बोल्ड गरे ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले पहिलो विकेट २.५ ओभरमा लियो । नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर सोमपाल कामीले दिलाए । उनले नामिबियाका ओपनिङ ब्याटर लो–हान्डरे लरेन्सलाई ५ रनमा बोल्ड गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot