Logo

‘मेरी सानु’ को म्युजिक भिडियो सार्वजनिक



काठमाडौं, फागुन ३ । बिश्वश घिमिरे र मनिसा पौडेल अभिनयमा रहेको ‘मेरी सानु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक तेक जिमको स्वरमा रहेको गीतको भिडियो पण्डित बा युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
बुटवलको रमणीय स्थलहरुमा छायाँकन गरिएको सो गीतमा चर्चित प्रतिभाहरुको जोडदार अभिनय रहेको छ ।
हाँस्य कलाकार तथा युवा निर्देशक शंकर घिमिरेको निर्देशन रहेको म्यूजिक भिडियोमा चर्चित कलाकार बिश्वश घिमिरे र मनिसा पौडेलको अभिनय देख्न सकिन्छ ।

म्यूजिक भिडियोको कथा कलाकार विश्वास घिमिरे र निर्देशक शंकर घिमिरे रहेको छ । भिडियोको छायाँकन तेक जिमले गरेका छन् भने सम्पादन तथा कलर गर्नेकाम भने निर्देशक शंकर घिमिरेले गरेका हुन् ।

मेरी सानु वोलको गीत समय सान्र्दभिक प्रेम कथामा आधारीत रहेर निमार्ण गरिएको गीतका मोडल बिश्वश घिमिरेले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot