Logo

१९ रनमै नेपालले गुमायो दोस्रो विकेट



काठमाडौं, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग खेलिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ।

नेपालले ओपनर ब्याट्सम्यान आशिफ शेखलाई गुमाएको छ। उनी २३ बलमा १२ रन जोड्दै आउट भएका हुन्।

यसअघि नेपालले ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको छ। उनी ४ बलमा १ रन जोड्दै आउट भएका छन्।

नेपाल ताजा अवस्थामा ६.५ ओभरमा २ विकेट गुमाउँदै १९ रनमा खेलिरहेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा अलआउट हुँदै नेपाललाई २१३ रनको लक्ष्य दिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot