Logo

रोहित बने ‘प्लेयर अफ द म्याच’



काठमाडौं, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आज भएको अन्तिम खेलमा नेपालका कप्तान रोहित पौडेल ‘प्लेयर अफ द म्याच’ बनेका छन्।

स्कटल्याण्डसँग आजभएको खेलमा रोहित ‘प्लेयर अफ द म्याच’ बनेका हुन्।

रोहितले आजको खेलमा नेपाललाई जिताउन सर्वाधिक रनको योगदान गरेका छन्।

उनले अविजित १०१ बलमा ४ छक्का र ७ चौकाको मद्धतमा ९५ रन जोडेका हुन्।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा अलआउट हुँदै नेपाललाई २१३ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रेको नेपालले ८ विकेट गुमाउँदै ३७ बल बाँकी छदै लक्ष्य भेटाएको हो।

नामेबिया, स्कटल्याण्ड सम्मेलित सिरिजमा नेपालले खेलेका ४ खेलमा सबै खेलमा जित निकाल्दै सिरिज विजेता बनेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot