Logo

प्रचण्ड र ओलीबीच आज निर्णायक वार्ता



काठमाडौं, फागुन १२ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं नेपाल कम्युनिस्ट पार्टी (एमालेका) अध्यक्ष केपी शर्मा ओलीबीच आज निर्णायक बार्ता हुँदै छ ।

राष्ट्रपति निर्वाचनमा उम्मेदवार टुंगो लगाउन तथा सहमति नजुटिरहेको बेला प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निर्णय वार्ता हुन लागेको हो । राष्ट्रपति निर्वाचनलाई लिएर प्रमुख दलका शीर्ष नेताहरू बहुपक्षीय छलफल गरिरहेको भए पनि कुनै सहमति जुट्न सकिरहेको छैन ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीसँगको बिहीबार छलफलपश्चात् प्रधानमन्त्री प्रचण्डले आज एमाले अध्यक्ष ओलीसँग निर्णाय वार्ता गर्ने बताए । ‘छलफल चलिरहेको छ, शुक्रबार एमाले अध्यक्षसँग कुरा हुन्छ’ प्रधानमन्त्री प्रचण्डले भने ।

राष्ट्रपतिकै विषयमा उनले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतासँग छलफल गरेका थिए । उनले बुधबारको छलफलमा राष्ट्रपतिमा कांग्रेसलाई सघाउने आश्वासन दिएका छन् । साथै बिहीबार जसपासँगको छलफलमा उनले उपराष्ट्रपति जसपालाई दिने विषयमा आफू सकारात्मक भएको बताए ।

बिहीबार साँझ सिंहदरबारमा गत आमनिर्वाचन ताकाको चुनाबी गठबन्धन ब्युँताउने विषयमा छलफल गर्न एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाबीच छलफल भएको थियो । तर, बैठक बिना निष्कर्ष टुंगिएको छ । उक्त बैठक आज पनि बस्ने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग पुनः छलफल गरेका छन् । राष्ट्रपतिको निर्वाचनलाई लिएर यतिबेला प्रचण्डले सरकारमा रहेका र बाहिर रहेका सबै दलसँग राष्ट्रिय सहमतिका लागि भन्दै दैनिक छलफल गरिरहेका छन् । तर, सहमति जुट्न सकिरहेको छैन । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot