Logo

प्रदेश १ को नाम ‘कोशी’ पछि ‘किरात लिम्बुवान सगरमाथा’ राख्न अर्को प्रस्ताव



काठमाडौं, १७ फागुन । प्रदेश १ को नामांकरणका लागि अहिलेसम्म दुईवटा प्रस्ताव दर्ता भएका छन्।

प्रदेश १ को नाम ‘किरात लिम्बुवान सगरमाथा’ प्रस्ताव राख्न अर्को प्रस्ताव आज प्रदेश सभा सचिवालयमा दर्ता भएको छ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसद्‍हरुले सो नाम राख्न प्रस्ताव दर्ता गराएका हुन्।

यसअघि नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्न प्रदेश सचिवालयमा प्रश्ताव दर्ता गराएका थिए।

प्रदेश सचिवालयले प्रदेशको नामांकरणका लागि प्रस्ताव दर्ता गराउन तोकेको समयमा कांग्रेस र एमालेले उक्त प्रस्ताव दर्ता गराएको हो।

उक्त नामको प्रस्तावकमा एमालेबाट रामबहादुर मगर रहेका छन् भने समर्थकमा कांग्रेसका भूमिप्रसाद राजवंशी छन्।



प्रतिक्रिया दिनुहोस्