Logo

नेपाललाई २ सय ८ रनको लक्ष्य



काठमाडौं, १८ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा अन्तर्गत आजभएको नेपाल र युएईबीचको खेलमा युएईले नेपाललाई २ सय २८ रनको लक्ष्य दिएको हो।

टस हारेर पहिला ब्याटिङको निम्ता पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २७ रन जोडेको हो।

युएईका लागि आशिफ खानले ९९ बलमा ७२ रन जोड्दा रोहन मुस्ताफा ७६ बलमा ५३ रन जोडे।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा करन केसी, आरिफ शेख र कुशल मल्लले समान १/१ विकेट लिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot