Logo

जनयुद्ध दिवसको विदाविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं, १२ चैत्र । जनयुद्ध दिवसको सर्वाजनिक विदा खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । जनयुद्ध दिवस विदा खोरेजीको माग गर्दै द्वन्द्व पीडितहरुले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सरकारले गत फागुन १ मा मन्त्रिपरिषदको निर्णयबाट जनयुद्ध दिवसमा सार्वजनिक विदा दिएको थियो । साथै, मन्त्रिपरिषदको निर्णयले जनयुद्ध दिवसको विदालाई क्यालेन्डरमै समावेश गरेको थियो । सरकारको उक्त कदमलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर विरोध गर्दै आएको छ ।

सर्वोच्चमा जनयुद्ध दिवसमा विदा दिएको भन्दै द्वन्द्वपीडितहरु अधिवक्ता ज्ञानेन्द्रराज आरन, कल्याण बुढाथोकी, रिता कार्की, गगामाया अधिकारी, पूर्णप्रसाद पौडेललगायतले रिट दायर गरेका हुन् ।

सर्वोच्चका सह–रजिस्टार विमल पौडेलका अनुसार अहिले रिट दर्ता नभइसकेको र फाइल अध्ययनकै क्रममा रहेको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot