Logo

उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरौं– केपी ओली



काठमाडौं, २३ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनलाई मर्यादित बनाउनका लागि व्यक्तिगत गालीगलौज नगर्न आग्रह गरेका छन् । उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन एजेण्डामा आधारित बहस गर्न उनले आग्रह गरेका छन् । आम निर्वाचनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले वहसका लागि आह्वान गरेपनि त्यो असफल भएको ओलीले बताएका छन् ।

‘उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु। मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन,’– ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

अबको राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउन पर्ने उनले बताएका छन् । चुनावी मैदानमा रहेका सबै उम्मेदवारलाई शुभकामनासमेत दिएका छन् । उपनिर्वाचनमा प्रायः उम्मेदवार नयाँ र युवा आउनु खुसीको कुरा भएको उनले बताएका छन् । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot