Logo

स्ववियु निर्वाचन- पोखराको पीएन क्याम्पसमा ३ गते मतदान



काठमाडौं,२८ चैत ।उच्च अदालत पोखराको आदेशमा गत चैत ५ गते रोकिएको पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)  निर्वाचन आँउदो बैशाख ३ गते  हुने भएको छ ।

क्याम्पसको निर्वाचन समितिको सोमबारको बैठकले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार चैत २९ गते मनोनयन दर्ता र वैशाख ३ गते मतदानको मिति तोकिएको छ ।

पीएन क्याम्पस त्रिविको सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पस हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot