Logo

उपनिर्वाचनका कारण बैशाख १० गते हुने त्रिविको परीक्षा १६ गतेलाई सारियो



काठमाडौं, वैशाख ८ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन स्थानमा सङ्घीय संसद्को उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको हो ।

निर्वाचन आयोग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचनको दिन परीक्षा परेकाले सार्न अनुरोध गरेपछि त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बिहिबार बसेको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो ।

बैठकले वैशाख १० गतेको सम्पूर्ण परीक्षा स्थगित गरी वैशाख १६ गतेका दिन सोही समय र स्थानमा परिक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । अहिले स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । यही वैशाख ४ गतेदेखि परीक्षा सञ्चालन भइरहेको छ । वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot