Logo

रविले गरे चितवनवासीलाई विशेष नमन



काठमाडौं, १० बैशाख । चितवन-२ मा आज भएको उपनिर्वाचनका रास्वपाका उम्मेदवार रवि लामिछानेले मतदानमा भाग लिएर लोकतन्त्रलाई मजबुद बनाईदिएको भन्दै सो क्षेत्रका मतदातालाई आभार प्रकट गरेका छन् । निर्वाचन सकिएपछि फेशबुकमार्फत उनले आफ्नो चुनावी यात्रामा खटिएका सबैलाई धन्यवादसमेत ज्ञापन गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ वासी बुबा आमा, दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार ! आफ्नो मताधिकार प्रयोग गरेर लोकतन्त्रलाई मजबुत बनाइदिनु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।

हाम्रो चुनावी यात्रामा अहोरात्र खट्ने हाम्रा साथीहरू,

सुरक्षा निकाय, निर्वाचन आयोग, आम संचारकर्मीहरु र सबै निकायले यस निर्वाचन सम्पन्न गर्न खेल्नु भएको भूमिकाको लागि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।

अन्तमा, निर्वाचनको दौरान प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने नेपाल तथा नेपालबाहिरका तपाईंहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछौं । हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा आदरणीय चितववासीहरुमा विशेष नमन् ??



प्रतिक्रिया दिनुहोस्

Screenshot