Logo

ओखलढुङ्गामा प्रदेशिक अस्पताल निर्माण गर्न सांसद खतिवडाको माग



काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले ओखलढुंगामा प्रादेशिक स्तरीय अस्पतालको माग गर्दै संसद्को ध्यानाकार्षण गराएका छन् ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद खतिवडाले सोलुुखुम्बु, ओखलढुंगा र खोटाङका जनताको स्वास्थ्य सुविधाका लागि ओखलढुंगामा अस्पतालको माग गरेका हुन् ।

‘पूर्वी पहाडी जिल्ला सोलुुखुम्बु, ओखलढुंगा र खोटाङका जनताहरु विमारी पर्दा हेलिकोप्टरबाट काठमाडौं ल्याउन पर्ने अवस्था छ । दीन दुःखीको साह्रै दया लाग्ने अवस्था छ । सोलु, ओखलढुंगा र खोटाङका लागि प्रादेशिक स्तरीय हस्पिटल ओखलढुंगामा निर्माण गर्ने व्यवस्था होस् भनेर बारम्बार कुरा उठाएको मन्त्रीहरुको कानमा राम्ररी पुगेजस्तो छैन । सरकारको त्यता ध्यानाकृष्ट होस्,’– उनले भने । File Photo/ Reporter Nepal 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot