Logo

टस जितेर फिल्डिङ गर्दै नेपाल



काठमार्डाैं, वैशाख १८ । एसिसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ। खेलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र संयुक्त अरब ईमिरेट्स (यूएई) भिड्दैछन्।

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्। नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ। आज दिपेन्द्रसिंह ऐरी बेन्चमा छन्। ऐरीको स्थानमा गुलशन झालाई मौका दिएको छ।

नेपाली टिममा रोहित पौडेल ९कप्तान०, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot