Logo

नक्कली भुटानी शरणार्थी काण्ड ००७ सालपछिको ठूलो काण्ड हो, अपराधी जोगाउने चलखेल नहोस : भीम रावल (भिडिओसहित)



काठमाडौं, २३ बैशाख । नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले नक्कली भुटानी शरणार्थी प्रकरणलाई नेपालको राजनीतिक इतिहासमा ००७ सालपछिको ठूलो काण्डको रुपमा चित्रण गरे ।

उनले भने,‘यो अहिले जुन नक्कली भुटानी शरणार्थी बनाउने, नेपाली वा अरु कसलाई बनाएको छ ? जुन झण्डै ९ सय (८७५) जनालाई बनाईयो भन्ने समाचार आएको छ । यो एक त राष्ट्रको विरुद्धको अपराध हो । दुई, यो भ्रष्टाचारपूर्ण क्रियाकलाप हो । तीन, यो मानव बेचबेखिनपनि हो । चार, यो ठगी पनि हो ।’ हिजो राति प्राईम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले थपे–‘अहिलेको यो प्रकरण नेपालको पछिल्लो इतिहासमा यति गम्भीर र ठूला ठूला मानिसहरु (गृह प्रशासन र गृहमन्त्री), राष्ट्रिय सुरक्षा हेर्ने व्यक्ति (सुरक्षा सल्लाहकार), यस्ता मानिसहरु संलग्न भएर, चार वटा अपराध एकैचोटी गर्ने यो नेपालको हिष्ट्रीमा यो सबभन्दा ठूलो काण्ड हो ।’ उनले उक्त प्रकरणमा मुछिएका व्यक्तिहरुलाई जोगाउन चलखेल सुरु भएको भन्दै त्यस्तो नगर्न चेतावनी दिएका छन् । उनले दोषी जोसुकै भएपनि उनीहरुलाई कानूनको दायरामा ल्याउनुपर्ने माग गरे ।



प्रतिक्रिया दिनुहोस्