Logo

टोपबहादुर रायमाझीलाई केपी ओलीले भगाएको माओवादीको आरोप (भिडिओसहित)



काठमाडौं, २६ बैशाख । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद राजन दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई एमालेकै अध्यक्ष केपी शर्मा ओलीले भगाएको गम्भीर आरोप लगाएका छन् ।

उनले भने,‘टोपबहादुर रायमाझी सरकारको सम्पर्कमा त हुनुहुन्न, ओलीजीको सम्पर्कमा हुनुहुन्छ । किनकी ओलीजीले त यहाँ बुझाउने शर्त गर्नुभएको थियो नि, काठमाडौं आएर कहाँ भाग्छन् उनी ? सांसद हुन, कहाँ भाग्छन् ? एमालेको सचिव हुन कहाँ भाग्छन् ? भनेर जबरजस्ती गरेको मान्छे अहिले भगाउने काम त ओलीजीले गर्नुभयो ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले रायमाझी अहिलेपनि केपी ओलीकै सम्पर्कमा रहेको दाबी गरे ।

उनले भने,‘टोपबहादुरजी केपी ओलीकै सम्पर्कमा हुनुहुन्छ, किनकी उहाँले भगाएको हो ।’ ओलीले रायमाझीलाई कुनै पनि हालतमा पक्राउ गर्न पाईँदैन म आँफै बुझाउँछु भनेर भनेको पनि स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot