Logo

नक्कली शरणार्थी प्रकरण राजनीतिक लेनदेनमा टुङ्गिन्छः कांग्रेस नेता शर्मा (भिडियोसहित)



काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका कारण अहिलेको नक्कली शरणार्थी प्रकरण बाहिर आएको स्विकार्न तयार नरहरेको बताएका छन् ।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नक्कली शरणार्थी प्रकरणको छानविन प्रक्रिया अहिलेको सत्ता गठबन्धन दलले नै अगाडि बढाएको बताएका हुन् ।

‘रविजी गृहमन्त्री भएको बेला यो काण्ड त उहाँलाई थाहा थियो नि ? यो फालइल त त्यही थियो नि । किन नपक्रेको ? गर्नुभयो ? गर्नु भएन नी । त्यसकारण यी पँगु् गफ हुन् । यो नेपाली जनतालाई बेबकुफ बनाउने कुरा एउटा हो, नभएदेखि यो म मान्न तयार छैन,’– सांसद शर्माले भने ।

साथै, यो प्रकरणको छानविन राजनीतिक लेनदेनमा टुंगिनेसमेत उनको दाबी छ । नक्कली शरणार्थी प्रकरणको छानविन धेरै अगाडि नजाने उनको जिकिर छ ।

‘यो हाम्रै अहिले गठबन्धनको सरकारले नै यो गरिराखेको हो । तर, मलाई लाग्छ यो धेरै अगाडि जाँदैन । यो लेनदेनमा गइरहेको छ । लेनदेन भनेको पोलिटिकल लेनदेनमा यो अन्त्य हुँदैछ भन्ने मेरो बुझाई छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot