Logo

नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छः स्वर्णिम वाग्ले



काठमाडौं, ३१ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउन पर्ने बताएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित नक्कली भुटानी शरणार्थी सम्बन्धी वहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले नाम मुछिएकाहरु सबैलाई अपराधी करार नगरी खोधपुछ गर्न आवश्यक रहेको बताएका हुन् ।

‘अहिले यो प्रकरण विशुद्ध नेपाल प्रहरीको ६० दिने अनुसन्धानको क्रममा छ । अब त्यो अनुसन्धान सकिन ७/८ दिन बाँकि छ । हामी सबैले ध्यान दिनुपर्ने विषय नाम आएकाहरु, पोलिएकाहरुलाई कम्तीमा सोधखोजका लागि चाँहि ल्याउनु प¥यो । अहिलेनै अपराधी करार गर्ने होइन । तर नाम आइसकेपछि कम्तीमा पनि त्यो सोधखोजका लागि लिएर आउनुपर्छ,’– उनले भने ।

नक्कली शरणार्थी प्रकरण संगठित अपराध भएको उनको भनाई छ । यसको अनुसन्धानमा सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot