Logo

नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणको बयान भोलि पनि



काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान भोलिपनि हुने भएको छ । आज (सोमबार) बयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएका खाँणको बयान नसकिएकाले भोलि पनि बयान हुने भएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म खाँणसहित १३ जना पक्राउ परिसकेका छन् भने पक्राउ पुर्जी जारी भएका तीन जना फरार छन् । आजको बयानमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सवाल जवाफ भएको छ । Photo By: Mukunda Kalikote /Reporters Nepal 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot