Logo

भ्रष्टाचारविरुद्धको सडक आन्दोलन हेर्दा दिक्क लाग्छः ज्ञानेन्द्र शाही



काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले अहिलेको भ्रष्टाचारविरुद्धको सडक आन्दोलनमा भ्रष्टाचारीनै संलग्न रहेको टिप्पणी गरेका छन् ।आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्ता प्रकारका सडक आन्दोलनले भ्रष्टाचार न्युनीकरण नहुने बताए । उनले भ्रष्टाचारको न्युनीकरणका लागि सडक आन्दोलन छाडेर संसद् आन्दोलन सुरु गर्नु पर्ने उनको भनाई छ ।

‘सडकमा उठेका आन्दोलन हेर्दा दिक्क लाग्छ । यस्ता प्रवृत्तिका आन्दोलनले भ्रष्टाचार न्यूनीकरण हुँदैन । सडकमा होइन, यही सदनमा तपाईँहरु तयार हुनुहुन्छ ? सडक आन्दोलन भन्दा संसद् आन्दोलन गरौं,’– उनले संसद्मा आग्रह गरे ।

अहिलेकोजस्तो भ्रष्टाचारविरुद्धको आन्दोलनको प्राक्टिस विगत ३४ वर्षअघि देखि भइराखेको भएपनि त्यसले कुनै उपलब्धी नदिएको उनको भनाई छ । भ्रष्टाचारलाई केवल पैसाको चलखेलका रुपमा नबुझ्न पनि उनले आग्रह गरे ।

‘अहिले भ्रष्टाचारविरुद्धको आन्दोलन सडकमा भइराखेको छ, भ्रष्टाचारीको आरोप लागेका व्यक्तिहरु स्वयं भ्रष्टाचार विरुद्धको आन्दोलनमा भ्रष्टाचारी मुर्दावाद भन्दै छन् । अहिले होइन, ३४ वर्षदेखि यही प्राक्टिस भइरहेको छ । भ्रष्टाचारविरुद्धको कुरा उठ्छन्, आरोपितहरु स्वयम् भ्रष्टाचारविरुद्धको आन्दोलनमा जान्छन् । भ्रष्टाचार पैसाको चलखेलमात्रै होइन, यो देशको कानुनलाई मिच्नु पनि भ्रष्टाचारको नमूना हो,’– उनले भने । File Photo/Reporters Nepal 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot