Logo

पक्राउ पर्नुअघि मदिरा सेवन गरेका रायमाझी अदालतमा पेश गर्दा ह्याप्पी मुडमा, गरे क्रान्तिकारी अभिवादन



काठमाडौं, १ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको ११ दिनपछि पक्राउ परेका टोपबहादुर रायमाझी आज अदालतमा पेश भएका छन् । प्रहरीले उनलाई अनुसन्धानको लागि अनुमति लिनको लागि आज जिल्ला अदालत काठमाडौं लगेको हो । त्यसअघि उनलाई सरकारी वकिलको कार्यालयमा बयानको लागि लगिएको थियो ।

हिजो पक्राउ पर्दा रायमाझी मादक पदार्थ सेव गरेको अवस्थामा थिए । उनले प्रहरीसँगको बयानमा आफूले थोरै बियर खाएको बताएका थिए । तर, प्रहरीले भने उनी मादक पदार्थ सेवनले गर्दा लठ्ठ भएको बताएको छ ।

आज अदालतमा पेश गर्दा भने उनी हँसिलो मुद्रामा प्रस्तुत भएका थिए । उनी पत्रकारहरुबाट घेरिँदा हात हल्लाउँदै (अभिवादन) गर्दै अघि बढेका थिए । कतिपयले भने सामाजिक सञ्जालमा भने रायमाझीले क्रान्तिकारी अभिवादन गरेको भनेर पनि चर्चा गरेका छन् ।  Photo By: Mukunda Kalikote/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्

Screenshot