Logo

सरकारका नीति तथा कार्यक्रमलाई माओवादी केन्द्रले गर्यो स्वागत



काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) ले सरकारको नीति तथा कार्यक्रमको स्वागत गरेको छ । पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले आज (आईतबार) विज्ञप्ति सार्वजनिक गर्दै सरकार थुप्रै सकारात्मक कामको प्रतिवद्धतासहित अगाडि बढिरहेको बताए ।

‘कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धिगरी आत्मनिर्भर हुने, रोजगारी प्रवर्दन कम्तिमा पाँच लाख रोजगारी सृजना गर्ने, सबैको घरधुरीमा विजुली पुऱ्याउने, शान्ति प्रकृयाका बाँकी काम पुरा गर्ने, नेपालमा निर्मित सामाग्रीको प्रवर्दन गर्ने, सुशासन, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता कायम गर्ने, वित्तीय अनुशासनमा मितव्ययीता अपनाउने, शिक्षालाई विद्यालयको सुधार गरी व्यवस्थित गर्ने, पर्यटन दशक मनाउने, सबै अस्पतालहरुमा विशेषज्ञ डाक्टरहरु सुनिश्चित गर्ने आदि जस्ता अरु थुप्रै प्रतिवद्धताहरुले सरकार अघी बढिरहेको छ,’– प्रवक्ता महराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्