Logo

कांग्रेस कुहिरोको काग भयो : केन्द्रीय सदस्य शिवाकोटी



काठमाडौं, १३ जेठ । सत्तासाझेदार दल नेपाली कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेस कताकता कुहिरोको काग जस्तो भैरहेको बताएका छन्।

प्रेस युनियनको ३२औँ स्थापना दिवस समारोहमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी अहिले फाली निस्केको हलो जस्तो भएको भन्दै गुनासो गरे।

‘उत्साह बोकेर आएको साथीहरू देशभर छन्। यो उत्साह घट्दैँ गएको छ। यसलाई जोगाउन नेतृत्वले ध्यान दिनुपर्ने छ। तपाईंहरूलाई हेरेर हामी राजनीतिमा आएका हौ,’ उनले भने।

शिवाकोटीले पार्टी केन्द्रीय समिति बैठक नराखेर सभापति शेरबहादुर देउवाले आधिकारिक धारणा राख्न छेकेको गुनासो गरे। उनले केन्द्रीय सदस्यहरूले पनि बोल्ने ठाउँ चाहिएको भन्दै बैठकको माग गरे।

‘९ महिनादेखि केन्द्रीय समिति बैठक बस्न सकेको छैन। पदाधिकारी र पूर्व पदाधिकारीको नाममा पार्टीको निर्णय हुँदै आएको छ,’ उनले भने, ‘हामीले पनि बोल्ने ठाउँ चाहिएको छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot