Logo

कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने



काठमाडौं, १५ जेठ । सरकारले कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विउ खरिद, रासायनिक मल र यान्त्रिकरणमा दिँइदै आएको अनुदान बाहेक अरु सबै अनुदानलाई उत्पादनमा आधारित बनाइने घोषणा गरेका हुन् ।

‘उत्पादन साथमा, अनुदान हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइनेछ । विउ खरिद, राशायनीक मल र यान्त्रिकरणमा दिइदै आएका अनुदान बाहेकका सबै अनुदानलाई उत्पादनमा आधारित बनाइनेछ,’– अर्थमन्त्री महतले भने ।

राष्ट्रिय अर्थतन्त्रको मुख्य आधारको कृषि रहेकाले सरकारले उक्त क्षेत्रको उत्पादन तथा कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न जोड दिनेसमेत उनले बताए । कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायिकीकरण, कृषि उपजको भण्डारण र बजारीकरणको समुचित व्यवस्था मिलाइने पनि उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot