Logo

आगामी आर्थिक वर्षमा २५ हजार घरधुरीलाई जग्गा वितरण गर्ने सरकारको लक्ष्य



काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ मा २५ हजार घरधुरीलाई जग्गा वितरण गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा एक सय १० स्थानीय तहका २५ हजार भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्न लागिएको हो ।

‘आगामी आर्थिक वर्षमा एक सय १० स्थानीय तहका २५ हजार घरधुरीलाई जग्गा वितरण गरिने छ,’– आर्थमन्त्री प्रकाशशरण महतले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot