Logo

आगामी वर्ष ५० हजार जनाको सीप परीक्षण प्रमाणीकरण गरिने



काठमाडौं,१५ जेठ। सरकारले आगामी वर्ष ५० हजार जनाको सीप परीक्षणको प्रमाणीकरण गर्ने भएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् मार्फत वर्ष ५० हजार जनाको सीप परीक्षणको प्रमाणीकरण गरिने बताए ।

स्वदेश तथा विदेशमा सीप सिकेको स्वघोषणाको आधारमा जनशक्तिको सीप परीक्षण गरी प्रमाणीकरण गर्ने व्यवस्था मिलाइने अर्थमन्त्री महतले बताए ।



प्रतिक्रिया दिनुहोस्