Logo

राष्ट्रपतिको आम माफीविरुद्ध सर्वोच्चमा रिट दर्ता



काठमाडौं, १६ जेठ । टीकापुर घटनामा मारिका प्रहरी निरीक्षक केशब बोहराकी श्रीमती शारदाले रेशम चौधरीको आम माफीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएकी छन् । टीकापुर घटनामा दोषी रहेको भन्दै रेशमलाई तीनै तहका अदालतले जन्मकैदको फैसला सुनुवाई गरेको थियो ।

सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै मन्त्रिपरिषद्को सिफारिसमा रेशमलाई राष्ट्रपति रामचन्द्र पौडेलले आम माफी दिएका थिए । उनले १६औं गणतन्त्र दिवसको अवसरमा (हिजो) आम माफी पाएका थिए ।

शारदाले दर्ता गराएको रिटमा बुधबार (भोली) का लागि पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot