Logo

नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन: प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरणका सन्दर्भमा सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस नगरेको स्पष्ट पारका छन् । आज (बुधबार) राष्ट्रिय सभामा सार्वजनिक महत्वका विषयमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले दुवै सदनबाट दुई–दुई पटक पारित भएको विशेष प्रकृतिको विधेयका सन्दर्भमा संविधान विज्ञ, कानुनविद्, बार एशोसिएसन, पूर्वमहान्याधीवक्ताहरुको टिमसँग छलफल भएको र सोही अनुसार राष्ट्रपतिलाई सुझावमात्रै दिएको बताएका छन् ।आफूले नागरिकता विधेयक प्रमाणीकरणका लागि धेरै अगाडि सुझाव दिएको भएपनि भारत भ्रमणकै दिन प्रमाणीकरण हुनुमा संयोगमात्रै भएको बताए ।

‘राष्ट्रपतिलाई के सुझाव दिँदा ठीक हुन्छ भन्ने सल्लाह लिएर र पूर्वमहान्याधीवक्तादेखि बार एशोसिएसनसम्म राष्ट्रपतिले प्रमाणीकरण गर्दिनु नै सबैभन्दा संवैधानिक हुन्छ भन्ने सुझाव थियो । त्यो सुझावको आधारमा २४ गते नै प्रमाणीकरण गर्दिनुस् भन्ने सुझाव लिएर म गएको थिएँ । राष्ट्रपतिले अलिकति कानुनी सल्लाह त मैले पनि लिनुपर्यो नि भन्नुभयो ।’ उनले भने, ‘सल्लाह लिँदैजाँदा संयोग के भयो भने म भारत जाने दिन नै उहाँको सल्लाह टुंगियो । त्यसमा मेरो त केही दोष छैन । त्यसकारण मलाई ताकेर त्यहिदिन दुई घण्टा अगाडि किन गर्नुपर्यो भन्नुको कुनै तुक छैन । सोच्दै जाँदा राष्ट्रपतिलाई पनि कसैले के सुझाव दिए होला । कसैले के सु्झाव दिए होलान् । उहाँले टेक्ने ठाउँ भए हुन्थ्यो भन्ने देखिएपछि हामीले आखिर त्यो विधेयक अगाडि बढाएको चाहिँ नेपाल सरकारले नै हो । जसले जहाँबाट विधेयक अगाडि बढाएको हो त्यसैले सुझाव दिएको हो । हामीले सिफारिस गरेको होइन्।’



प्रतिक्रिया दिनुहोस्

Screenshot