Logo

पाँच सचिवको सरूवा



काठमाडौं, २६ जेठ । पाँच जना सचिवको सरूवा भएको छ। मन्त्रिपरिषद्को बैठकले पाँच जना सचिवको सरूवा गरेको हो।

सरूवा हुने सचिवमा एकनारायण अर्याल, केबलप्रसाद भण्डारी, तोयनारायण ज्ञवाली, मणिराम गेलाल र रामआधार साह रहेका छन्।

मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, ज्ञवालीललाई उद्योग मन्त्रालय, गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र साहलाई खानेपानी मन्त्रालयमा सरूवा गरेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot