Logo

एसिसी महिला इमर्जिङ टिम्स टि–२० : आज भारतको सामना गर्दै नेपाल



काठमाडौं, जेठ ३२ । हङकङमा जारी एसिसी महिला इमर्जिङ टिम्स एसिया कप टी–२० क्रिकेटमा नेपालले आज भारत ‘ए’ को सामना गर्दैछ । नेपाल र भारतबीचको खेल बिहान ११ः१५ देखि हङकङको मोंग कोकमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ९ रनको हार बेहोरेको थियो । बलिङमा उत्कृष्ट प्रदर्शन गरेको उक्त खेलमा नेपाल ब्याटिङमा चुक्दा पराजित हुन पुग्यो । पहिलो खेलमा नेपालले ८८ रनको सामान्य लक्ष्य पनि पूरा गर्न सकेको थिएन ।

प्रतियोगिताअन्तर्गत नेपालले तेस्रो खेलमा शनिबार हङकङको सामना गर्ने तालिका छ । प्रतियोगिताको अर्को समूहमा मलेसिया, यूएई, बंगलोदश र श्रीलंका ‘ए’ रहेका छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । सेमिफाइनल १९ र फाइनल खेल २१ जुनमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot