Logo

यी हुन् वान एक्स बेट कारोबार गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार र युट्युबर



काठमाडौं,३२ जेठ । वान एक्स बेट कारोबार गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पक्राउ परेका ८ जना कलाकार र युट्युबरलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार वान एक्स बेट कारोबार गर्नेहरुमा राजु मास्टर उर्फ (राजु पौडेल)पवन खतिवडा (म्याकुरी) मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) बेगम नेपाली (भटभटे माइला) युट्युबरहरु जलन घर्तीमगर,एलिस राई ,गणेश देवकोटा र सरोज घिमिरे रहेका छन् ।

उनीहरूलाई प्रहरीले निगरानी गरिरहेको थियो । युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot