Logo

वान एक्स बेट प्रकरणमा पक्राउ परेका ‘बल्छी ध्रुब्रे र राजु मास्टर’सहित ८ जनालाई ४ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं,३२ जेठ । वान एक्स बेट कारोबार प्रकरणमा पक्राउ परेका कलाकार र युट्युबरसहित ८ जनालाई नै ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

यस प्रकरणमा पक्राउ पर्नेमा कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे )राजु पौडेल (राजुमास्टर), पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) र रहेका छन् ।

वान एक्स बेटमा प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot