Logo

यी हुन संसद्मा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने १३ जना सांसदहरु



काठमाडौं,८ असार । प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न दलका सांसदहरुले समसामयिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सवाल जवाफ गरेका छन् ।

प्रत्येक महिनाको एक दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा प्रश्नोत्तर गर्न पाउने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा रहेको छ । सोही नियम अनुसार आज विभिन्न दलका १३ जना सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई प्रशन सोधेका छन् ।

आज नेकपा एमालेबाट अच्युतप्रसाद मैनाली,अम्बरबहादुर रायमाझी,अमृतलाल राजवंशी र अमृतादेवी अग्रहरीले प्रश्न राखेका थिए भने ।

सत्तारुढ दल नेपाली कांग्रेसबाट अजय कुमार चौरासिया,अञ्जनी श्रेष्ठ, अम्बिका बस्नेत र अर्जुननरसिंह केसीले प्रश्न राखेका छन् भने

राप्रपाबाट अनिशा नेपाली,जनमत पार्टीबाट अब्दुल खान, नेकपा एकीकृत समाजवादीबाट अम्बरबहादुर थापा,स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंह र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले पनि प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्