Logo

वामदेवले बालेन, हर्क र रेनु दाहालमध्ये बालेनलाई छाने (भिडिओसहित)



काठमाडौं, ९ असार । नेकपा राष्ट्रिय एकता अभियान पार्टीका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्कराज राई र भरतपुर महानगरकी मेयर रेनु दाहालमध्ये आफूलाई बालेन शाह मन पर्ने मेयर रहेको चित्रण गरेका छन् ।

हिजो राति प्राईम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बालेनले काम गर्नसक्ने बताए । यद्धपी प्रक्रिया पूरा गरेर काम गर्न भने बालेनले पनि नसकेको उनको गुनासो पोखे ।

उनले काम गर्ने शैली देखेर नै आफू प्रभावित बनेको बताए । उनले भने,‘उहाँले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभयो, त्यसको निम्ति म उहाँलाई बधाई दिन्छु । उहाँले भारतीय फिल्म पनि प्रतिबन्ध गर्नुभयो, त्यो पनि राम्रो गर्नुभयो ।’ उनले बालेनले अदालतको आदेश भने मान्नुपर्ने सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot