Logo

एमाले सांसद पन्त भन्छन: एमाले सरकार बनाउन हतारिँदैन,मौका आए छोड्दैन



काठमाडौं,१० असार । नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं सांसद रघुजी पन्तले एमाले अहिलेको सत्ता गठवन्धन परिवर्तन गर्ने खेलमा नलागेको स्प्रष्ट पारेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारको अहिलेको काम कारबाहीसँग जनता सन्तुष्ट नभएकाले नेकपा एमाले र नेपाली कांग्रेसको प्रभावकारी सरकार बनोस् भन्ने जनताको चाहना रहेको बताए ।

उनले नीति कार्यक्रम र बजेट फेल भए सरकार फेल हुने अहिलेसम्मको मान्यता रहेको बताए । उनले अहिलेको सरकार एमालेले ढाल्नु नपर्ने बरु आफैँ असन्तुष्टि पोख्दै सरकार ढल्ने बताए ।

सांसद पन्तले एमालेलाई सरकार ढाल्नु पर्ने हतारो नपरेको भन्दै मौका आए नेतृत्व लिन पछि नहट्ने प्रष्ट पारे



प्रतिक्रिया दिनुहोस्

Screenshot