Logo

नरेन भट्टको शानदार शतकमा नेपालले दियो मलेसियालाई २५३ रनको लक्ष्य



काठमाडौं,१९ असार । नरेन भट्टको शानदार शतकको मद्दतमा नेपालले एसीसी १६ वर्ष मुनिको पुरुष क्रिकेट प्रतियोगिताको उपाधीका लागि मलेसियालाई जितका लागि २५३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियामा जारी फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नरेन भट्टको उत्कृष्ट ब्याटिङसँगै मलेसियालाई विशाल योगफल प्रस्तुत गरेको हो ।पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको छ ।

शानदार शतक प्रहार गरेका नरेनले नटआउट एक सय १२ रन बनाएका छन् । तेस्रो नम्बरमा ब्याटिङमा आएका नरेनले पाँचौँ विकेटका लागि सन्तोष यादवसँग एक सय ४ रनको साझेदारी गरेका थिए। उनले ८९ बलमा २ छक्का र ९ चौका प्रहार गरेका छन्।

नरेनका अतिरिक्त नेपालका लागि निरजकुमार यादवले ४७ रनको योगदान गरे भने सन्तोष यादवले २६,सुर्यासू कोइरालाले १८ रन बनाएको थिए भने २६ रन नेपालले अतिरिक्त मार्फत प्राप्त गरेको थियो ।

बलिङतर्फ मलेसियाका मोहमद अक्रमले ३ विकेट लिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot