Logo

इक्यानको केन्द्रीय उपाध्यक्षमा वाइबी पौडेलको उम्मेदवारी घोषणा



काठमाडौं,असार २८ । नेपालको सफल शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेल नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रिय उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन् । यही असार ३० गते काठमाडौंमा हुने इक्यानको केन्द्रिय अधिवेशनमा पौडेल उपाध्यक्षको उम्मेदवार बन्ने भएका हुन् । उनले उपाध्यक्षका लागि औपचारिक रुपमा समाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका छन् ।

विगत २० वर्षदेखि निरन्तर शैक्षिक परामर्श व्यवसाय मार्फत विद्यार्थीलाई विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि सेवा दिँदै आएका सफल व्यवसायी पौडेल सामाजिक र खेलकुद क्षेत्रमा समेत सक्रिय छन् । युवा जोश र जाँगरले भरिपूर्ण पौडेल गफ भन्दा कर्ममा विश्वास राख्ने स्थापित परामर्शदाता व्यवसायी हुन् । उनको शैक्षिक संस्था सेन्ट्रल कलेजले नारायणगढको शहिदचोक प्रेसमार्गस्थित केन्द्रीय कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ । कलेजले जापान र कोरियामा पनि आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ भने देशका विभिन्न शहरहरुमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

उनि इक्यानको पूर्व केन्द्रिय सदस्य समेत भएर काम गरिसकेका छन् । पौडेल यसपटक स्वतन्त्र रुपमा केन्द्रीय उपाध्यक्षको उम्मेदवार बन्न लागेका हुन् । उनि यसअघि केन्द्रीय सदस्यमा पनि अत्याधिक मतले विजयी भएका थिए । इक्यानमा मतदान मार्फत केन्द्रिय सदस्यमा निर्वाचित हुने चितवनबाट पहिलो र एकमात्र व्याक्ति हुन् पौडेल । इक्यानको सहयोगी तथा सल्लाहकारको रुपमा उनले अहिलेपनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । उनि विभागिय सदस्य हुँदै इक्यानको वोर्डमा प्रवेश गरेका थिए ।

शैक्षिक परामर्श व्यवसायीविच लोकप्रिय उनले यसपटक पनि आफ्नो जीत सुनिश्चित भएको बताए । उम्मेदवारी घोषणा गर्दै पौडेलले नेपालमा शैक्षिक वातावरण सुधारका लागि इक्यानले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले इक्यानको भूमिका अझै बलियो र सार्थक बनाउनका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको स्पष्ट पारे । उनले शैक्षिक परामर्श व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान र यो व्यवसायलाई मर्यादित बनाउनका लागि उम्मेदवारी दिएको बताए ।

उनले भने, “म साझा हितका लागि स्वतन्त्र उम्मेदवार बनेको हुँ, साथ र सहयोगका लागि देशभरका सम्पूर्ण व्यवसायीलाई अपिल गर्दछु ।” व्यवसायिक संस्थामा पार्टी, गुट उपगुट र समूहको प्रभाव हुनु हुँदैन भन्दै उनले यस्तो प्रवृत्तिको विरोध गर्दै आएको बताए । इक्यानमा अहिलेसम्म हुँदै आएको यस्तो प्रवृत्तीको ब्रेक यसपटकको अधिवेशन मार्फत हुने उनको भनाई छ ।

अहिलेसम्म काठमाडौ बाहिरका व्यवसायीलाई इक्यानमा खासै महत्व नदिएको भन्दै उनले मोफसलका व्यवसायीलाई स्थापित गराउनका लागि आफूले उम्मेदवारी दिएको बताए । उनले भने,“उच्च शिक्षा अध्ययनका लागि जापान पठाउने व्यवसायीलाई इक्यानमा वलियो उपस्थितिका लागि पनि आफ्नो उम्मेदवारी महत्वपूर्ण रहेको बताए । “देशभर जापानमा काम गर्ने शैक्षिक परामर्शदाता संस्थालाई काम सिकाउने, कलेज स्कूल युनिभर्सिटी चिनाउनुका साथै एजेन्सी दिलाएर उनिहरुलाई व्यवसायमा स्थापित गर्न मेरो भूमिका रहनेछ”, पौडेलले भनेका छन् ।

आफ्नो विजय पश्चात जापान लगायत सबै देशमा उच्च शिक्षाका लागि विद्यार्थी पठाउने शैक्षिक परामर्शदाता संस्थाहरुको एकरुपता ल्याउने उनको भनाई छ । शैक्षिक परामर्श व्यवसायिको हक हित र अधिकारीका लागि आफुले निरन्तर काम गर्ने पौडेलको प्रतिबद्धता छ ।

पौडेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था, खेलकुद क्षेत्र र मिडियामा समेत आबद्ध छन् । उनले स्कूल कलेज लगायतका शैक्षिक क्षेत्रमा समेत विभिन्न तह र तप्कामा रहेर काम गरेका छन् । उनि अग्रेजी भाषा तथा आइएलटिएसका योग्य र अनुभबी प्रशिक्षकका रुपमा चिनिन्छन् ।

पौडेल कुनैपनि कन्सलटेन्सी चालाउन आवश्यक पर्ने काउन्सेलिङ (टिआइटिआइ) ट्रेनिङका प्रशिक्षक समेत रहेका छन् । विभिन्न देशको भिजिट गरेर अनुभव संगालेका उनले सबैलाई समन्वय गरेर काम गर्ने क्षमता राख्छन् । शिक्षा, खेलकुद, मनोरन्जन लगायतका सामाजिक गतिविधिमा महत्वपूर्ण योगदान दिएका पौडेलले जापान काम गर्ने परामर्शदाता संस्था र उपत्यका बाहिरका व्यवसायीहरुको उल्लेख्य भोट पाउने आकलन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot