Logo

पार्टीलाई शसक्त बनाउने विषयमा गम्भीर छलफल गर्न राप्रपा नेताहरु चन्द निवासमा



काठमाडौं,२९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुले पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दसँग भेटघाट गरेका छन् ।

चन्दसँग भेटघाट र छलफल गर्न राप्रपाका वरिष्ठ नेताहरु प्रकाशचन्द्र लोहनी, नवराज सुवेदी, र हरिबहादुर बस्नेत लगायत चन्दको निवास भक्तपुरस्थित लोकन्थलीमा जम्मा भएका हुन् ।

नेताहरुबीच राप्रपालाई जनतामाझ मजबुत रुपमा स्थापित गराउँदै सशक्त ढंगले अगाडि बढाउनेबारे गम्भीर छलफल भएको राप्रपाका एक नेताले जानकारी दिए ।

प्रतिनिधिसभामा १४ सांसदसहित राप्रपा पाँचौं शक्तिको रुपमा रहेको छ । राजेन्द्र लिङदेनले नेतृत्व सम्हालेपछि राप्रपामा युवाहरुको आर्कषण बढ्दै गइरहेको राप्रपा नेताहरु दाबी गर्छन ।



प्रतिक्रिया दिनुहोस्