Logo

निगमका कार्यकारी निर्देशक थानी ‘बेस्ट म्यानेजमेन्ट अवार्ड’ बाट सम्मानित



काठमाडौं, साउन ४ । नेपाल इन्जिनियरिङ एसोसिएसनले नेपाल आयल निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानीलाई बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मान गरेको छ।

पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै एसोसिएसनको ६१ औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको हो।

निगमको हितमा कार्य गरी आफ्नो इन्जिनियरिङ व्यवस्थापकीय क्षमता प्रमाणित गरी रसिया–युक्रेन युद्धका बीच सृजना भएको इन्धनको विश्वव्यापी संकटको अवस्थामा नेपालमा सहज आपूर्ति तथा वितरण गरेकोले अवार्ड दिइएको जनाइएको छ।

थानीको नेतृत्वमा इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई ३१ अर्ब रुपैयाँ बक्यौता चुक्ता गरी १८ अर्ब नाफा गरी इन्जिनियरिङ क्षमता प्रमाणित गरेको एसोसिएसनले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्