Logo

इप्पानको सल्लाहकार समितिलाई प्रमाणपत्र हस्तान्तरण



काठमाडौं, ४ साउन । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले निवर्तमान अध्यक्ष कृष्ण प्रसाद आचार्यको नेतृत्वमा बनेको सल्लाहकार समितिलाई प्रमाणपत्र दिँदै आवश्यक मार्गदर्शनका लागि आग्रह गरेका छन् ।

आज (बिहीबार) इप्पान सचिवालयमा आयोजित प्रमाणपत्र वितरण तथा छलफल कार्यक्रममा उपस्थित सल्लाहकारहरुले इप्पानको आगामी यात्रा कस्तो हुनुपर्छ भन्ने विषयमा धारणा राखेका थिए ।

प्रमुख सल्लाहकार एवं निवर्तमान अध्यक्ष आचार्यले सल्लाहकार समितिको नियमित बैठक बस्ने इप्पानलाई अघि बढाउन आवश्यक सल्लाह सुझाव दिने बताए ।

कार्यक्रममा प्रमुख सल्लाहकार आचार्यसहित माननीय दीपक खड्का, पूर्व माननीय डेढराज खड्का, पूर्व अध्यक्ष शैलेन्द्र गुरागाई‌, ऊर्जा उद्यमीहरु गुरुप्रसाद न्यौपाने, वीरेन्द्र बहादुर न्यौपाने, कृष्ण आचार्य, केशवबहादुर रायमाझी, पुष्पज्योति ढुङ्गाना, जगत पोखरेल, इन्दिरा पन्त र अनुप आचार्यज्यूले सल्लाहकारमा मनोनयन गरिएको प्रमाणपत्र ग्रहण गरेका छन् ।

इप्पान कार्यसमितिका तर्फबाट अध्यक्ष कार्कीसहित उपाध्यक्ष रामप्रसाद आचार्य, उत्तम भ्लोन लामा, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्त, सदस्यहरु शंकर बश्याल र मिथुन पौडेल उपस्थित थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot