Logo

सेनाको संख्या घटाउनु पर्छ भन्नेहरू आत्मसमर्पणवादी भएको कमल थापाको आरोप



काठमाडौं,७ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली सेनाको संख्या घटाउने नभई एअर फोर्स बनाउनु पर्नेमा जोड दिएका छन् ।

नेपाली सेनाको संख्या कटौंती गर्नुपर्ने आवाज सदनमा उठिरहेको बेला थापाले नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्नेहरू आत्मसमर्पणवादी हीनताबाट ग्रसित भएकोसमेत आरोप लगाएका छन् ।

आइतबार उनले सामाजिक सञ्जालमा लेखेका छन्‘नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्नेहरू आत्मसमर्पणवादी हीनताबाट ग्रसित छन्,नेपालको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै सेनालाई थप साधन श्रोत दिई चुस्त दुरुस्त राख्नु पर्छ,नेपाली एयरफोर्स खडा गर्नुपर्छ । शान्ति सेना, राष्ट्र निर्माण र विपद् न्यूनीकरणको काममा सेनाको प्रयोग बढाउनु पर्छ ।’ 



प्रतिक्रिया दिनुहोस्

Screenshot