Logo

डिएभी विद्यालयमा भरतनाट्यम् विशेष शास्त्रीय साँझ सम्पन्न



काठमाडौं, ८ साउन । डिएभी विद्यालय जावलाखेल ललितपुरमा भरत नाट्यम् विशेष शास्त्रीय साँझ भव्यरुपमा सम्पन्न भएको छ । बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाको आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा डिएभी विद्यालयका प्राथमिक, निम्न माध्यमिक, र माध्यमिक तहका विद्यार्थीहरुले विभिन्न प्रकारका भरतनाट्यम् नृत्य प्रस्तुत गरेका थिए । साथै भारतीय चर्चित कलाकारद्वय सौन्दर्या पानापिल र सशी रमेशले बेजोड प्रस्तुति दिएका थिए ।

डिएभी विद्यालयका प्राथमिक तहका विद्यार्थीहरुले ‘पुष्पाञ्जली’ भरतनाट्यम् प्रस्तुत गरे भने निम्न माध्यमिक विद्यालय र माध्यामिक तहका विद्यार्थीहरुले क्रमशः ‘अलरिप्पु’ र ‘मल्लारी’ नृत्य प्रस्तुत गरे । भरतनाट्यम् प्रशिक्षकद्वय अनु लामा र विनिता मण्डल पनि विद्यार्थीहरुसँगै प्रस्तुत भएका थिए । कार्यक्रममा ‘गजवन्दना करुना साधना’, ‘पग घुँगरु बन्ध मिरा’ र ‘तीलना धनश्री’ नृत्यसमेत प्रस्तुत गरिएका थिए ।

उक्त साँस्कृतिक साँझ सुशिला आर्ट्स एकेडेमी काठमाण्डौँ, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र काठमाण्डौँ र डिएभी विद्यालयले संयुक्त रूपमा आयोजना गरेका हुन् ।
सुशिला आर्टस् एकेडेमिकी संस्थापक युलिया कोइरालाले स्वागत मन्तव्य दिदै शास्त्रीय शिक्षाको महत्व र विद्यार्थीहरूको सर्वाङ्गीण विकासको अन्तरसम्बन्ध बारेमा आफ्नो धारणा राखेकी थिईन् ।

त्यसैगरी, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका निर्देशक डा.आश्वारी बापतले भरतनाट्यम् साहित्य र संस्कृतिको एक अनुपम विधा रहेको चर्चा गर्दै सुशिला आर्टस एकेडेमी र डिएभी विद्यालयले सयुक्त प्रशिक्षण सञ्चालन गरिरहेको सुन्दा निकै हर्षित भएको बताईन् । उनले सम्पूर्ण विद्यार्थीहरुलाई भरतनाट्यम् विधा लगायत आ–आफ्नो रुचि अनुसारको अन्य साहित्यको अध्ययन, अनुसन्धान र सृजनामा क्रियाशील रहन प्रेरितसमेत गरिन् । उनले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेका विभिन्न कार्यक्रमहरुको जानकारीसमेत गराईन् ।
कार्यक्रमकी मुख्य अतिथि अभिनेत्री मनिषा कोइरालाले उनलाई बाल्यकालमा भरतनाट्यम् र मणिपुरे नृत्य सिकाएकी स्व. सुशिला कोइरालाको स्मरण गर्दै भावुक बनिन् । उनले स–साना बालबालिकाहरुको प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरिन् । साथै सुशिला आर्ट्स एकेडेमी, डिएभी विद्यालय र स्वामी विवेकानन्द सास्कृतिक केन्द्रलाई सफलताको शुभकामनासमेत दिईन् ।

उक्त कार्यक्रममा डिएभी विद्यालयका अध्यक्ष, अनिल केडिया, भाइस–प्रिन्सिपल रामचन्द्र खनाल, विनोद यादव प्रिन्सिपल माछापुच्छ«े आइ बी स्कुल, मुकुन्द शर्मा प्रिन्सिपल लिटील एन्जल्स स्कुल, ए.पी विनोदकुमार प्रिन्सिपल केन्द्रीय विद्यालय र सुबाश न्यौपाने प्रिन्सिपल एपेक्स लाइफ स्कुल लगायत भरतनाट्यम् साहित्य अनुरागीहरुको उल्लेख्य उपस्थित रहेको थियो । सोहि अवसरमा विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

निम्न माध्यामिक कोअर्डिनेटर कृष्ण जोशीले शास्त्रीय साँझलाई भव्य एवं सभ्यरुपमा सम्पन्न गराउन योगदान पु¥याउने सबैलाई धन्यवाद दिदैँ कार्यक्रम औपचारिक रुपमा समापन भएको जानकारी गराएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot