Logo

रक्सी खाएर नियम उल्लंघन गरेको आरोप पुष्टि भएपछि न्यूजिल्याण्डकी न्यायमन्त्रीद्धारा राजीनामा



काठमाडौं,८ साउन । न्यूजिल्याण्डकी एकमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

अत्याधिक मदिरा सेवन गरेर नियम उल्लंघन गरेको आरोप लागेपछि न्यायमन्त्री किरी एलेनले आज आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।

उनीले आइतबार राती अत्याधिक मदिरा सेवन गरेर पार्किङमा राखेको अर्को कारसँग आफ्नो कार ठोक्काएकी थिइन्।

उक्त दुर्घटनापछि मन्त्री किरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। करिब ४ घण्टा हिरासतमा राखी उनले रक्सी सेवन गरेको नगरेको जाँच गरिएको थियो । उक्त जाँचमा उनले रक्सी सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनले कानूनी सीमा नाघेको आरोप लगाएको थियो ।

रक्सी सेवन गरेर नियम उल्लंघनको आरोपपछि उनले पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् । एलेन न्यूजिल्याण्डकी एक प्रभावशाली नेत्रृ हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot