Logo

रेखाको ‘उपहार’ मा मुकुनको इन्ट्री



काठमाडौं,८ साउन । अभिनेत्री रेखा थापाको मुख्य लगानीमा निर्माण हुन् लागेको चलचित्र उपहारमा अभिनेता मुकुन भुसाल अनुबिन्धत भएका छन् ।

आइतबार निर्देशक ज्ञानेन्द्र देउजा र भुसालबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

भुसाल गत वर्षको सफल मध्येको एक चललित्र झिङ्गे दाउका कलाकार समेत हुन् ।

अभिनेत्री रेखाको फिल्ममा आफू जोडिन पाउँदा निकै खुसी लागेको मुकुनले बताएका छन् । फिल्ममा अभिनेत्री पूजा शर्माको पनि मुख्य भूमिका रहनेछ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको ‘उपहार’मा अझै पनि एक अभिनेत्रीको खोजी जारी छ ।

अभिमन्यू निरवीको पटकथा तथा संवाद रहेको फिल्मको आगामी भदौबाट छायांकन सुरुहुने बताइएको छ । सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्म काठमाडौँ आसपासका स्थानमा छायाँकन गरिनेछ । रेखा फिल्मस् तथा कपनगढी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुने यो फिल्मबाट रेखाले ५ वर्षपछि अभिनय र निर्माणमा पुनः सक्रियता जनाउन लागेकी हुन्



प्रतिक्रिया दिनुहोस्

Screenshot