Logo

भेरी अस्पतालमा एमआरआइ मेसिन



जानकी, १० साउन । पश्चिम नेपालकै रिफरल अस्पतालका रूपमा विकसित भइरहेको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा अहिले एमआरआई मेसिन आइपुगेको छ  । तीन वर्षदेखिको प्रयासपछि झण्डै २४ करोड मूल्यबराबरको थ्रिटी एमआरआइ मेसिन मङ्गलबार आइपुगेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले जानकारी दिए ।

उनले यहाँ सुविधासम्पन्न एमआरआइ मेसिन उपलब्ध भएकाले सामुदायिक स्वास्थ्य क्षेत्रमा निकै उपलब्धिपूर्ण भएको बताए । “तीन वर्षदेखिको प्रयासपछि अस्पतालमा मेसिन आइसकेकाले यथासम्भव सीमित स्रोत र साधनबाट यसलाई सञ्चालन गरी आमजनताको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने छौँ । यस्ले सामुदायिक स्वास्थ्यको क्षेत्रमा निकै महत्वपूर्ण उपलब्धि हासिल गर्नेमा हामी विश्वस्त छौँ ।” उनले भने, “आजैदेखि यसलाई जडान गर्न थालिने छ  । त्यसका लागि पूर्वधार तयार गर्न यसअघि नै नयाँ भवनमा इमरजेन्सी कक्ष सारिसकेका छौँ ।”

तीन वर्ष अघि डा प्रकाश थापा मेडिकल सुपरिटेन्डेन्ट रहँदा यहाँ विशिष्टिकृत प्रयासलाई तीव्रता दिइएको थियो । त्यतिबेलै तत्कालीन मेसु डा.थापा नेतृत्वले एमआरआइका लागि पहल गरेका थिए । १८ लाख ३९ हजार अमेरिकी डलर मूल्यको एमआरआइ मेसिनका लागि डेढ वर्षअघि खुल्ला बोलपत्रमार्फत एलसी खोलिएकामा विभिन्न प्रशासनिक झमेला भएपनि खरिद प्रक्रियाले साकाररूप लिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्