Logo

अन्य अस्पतालको सेवा सुधार गर्न पहिला वीर अस्पताल सुधार्नुपर्छः स्वास्थ्यमन्त्री बस्नेत



काठमाडौं, १२ साउन । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल आशलाग्दो र भरपर्दो अस्पतालको रुपमा विकसित भइरहेको बताएका छन् ।

आज (शुक्रबार) वीर अस्पतालको १३४औं वार्षिकोत्व कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधानको मर्म अनुसार निः शुल्क स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्ने भएपनि त्यो सम्भव नभएको उनले बताए । वीर अस्पतालले अहिले उक्त कार्यको सुरुवात गरेकोभन्दै उनले प्रशंसा गरे ।

उनले अहिले देशभर तीन हजार पाँच सय २३ वटा वेडहरु निःशुल्क उपलब्ध रहेको बताए । विपन्नता र गरिबीका कारण आधारभूत स्वास्थ्य सेवा नपाउने अवस्थामा निःशुल्क रुपमा उपलब्ध भएका बेडहरुले धेरै राहत पुर्याएको उनले दाबी गरे । अन्य अस्पताललाई सुर्धानका लागि सबैभन्दा पहिला वीर अस्पतालको सुधार आवश्यक रहेको उनको भनाई छ ।

‘हामी कहिले काही प्राइभेट अस्पतालमा निरीक्षणमा गयो भने तपाईँहरुकोमा हेनुर््स् न भन्छन् । सानामा गयो भने ठूलोमा हेर्नुस् न भन्छन् । त्यसैले वीर अस्पताललाई नै सबैभन्दा पहिले सुधारेर सबै खाल्का सेवालाई अझ व्यवस्थित कसरी गर्न सकिन्छ ? त्यसका लागि जोड दिने हिसाबले मैले सधैंभरी वीर अस्पताल, वीर अस्पताल भनिरहेको छु,’– उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्