Logo

सरकारको पहल कदमी र गतिविधिले जनतामा आशा पलाएको छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको काम कारबाही र गतिविधिले जनतामा नयाँ आशा पलाएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सरकारले अगाडि सारेका कार्यक्रम, पहल कदमी र गतिविधिले जनतामा आशा पलाएको बताएका हुन् ।

‘अहिले देशको राजनीति जुन विन्दुमा छ र जनताले हामीबाट जेजस्ता आशा र अपेक्षा गरेका छन्, पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रमहरु, लिएका पहल कदमीहरु र गरिएका गतिविधिबाट एउटा नयाँ आशा जनतामा पलाएको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot