Logo

लम्पी स्किन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को आग्रह



काठमाडौं, १७ साउन । नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले गाई भैंसीमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चल्न सरकारसँग आग्रह गरेको छ ।

महासंघको हिजो (मंगलबार) बसेको केन्द्रीय सविचालयको प्रथम विस्तारित बैठकले लम्पी स्किन रोगको नियन्त्रणका लागि पर्याप्त संख्यामा भ्याक्सिन उपलब्ध गराउन र लम्की स्किनका कारण पशुहरुको मृत्यु भएमा किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन महासंघले आग्रह गरेको हो ।

‘लम्पी स्किन रोगको नियन्त्रणका लागि तत्काल प्रभावकारी कदमहरू चालियोस् । त्यसका लागि तत्कालै पर्याप्त संख्यामा भ्याक्सिन आयात गरी सुलभ तरिकाले किसानहरूलाई उपलब्ध गराइयोस् । र पालमा नै लम्पी स्किन विरूद्धको भ्याक्सिन निरमाण गरी प्रयोगमा ल्याउने व्यवस्था गरियोस् । लम्पी स्किन रोगबाट पशुहरू मृत्युका कारणले भएको क्षतिको किसानलाई क्षतिपूर्ति दिइयोस् । विमा गरिएका पशुहरूको सहज र सरल तरिकाले बिमा रकम तत्काल उपलब्ध गराइयोस्,’– विज्ञप्तिमा भनिएको छ ।

साथै, ६० वर्ष उमेर पुगेका किसानहरूलाई किसान पेन्सन र सबै किसानहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पनि महासंघले ुसरकारसँग माग गरेको छ ।

लघुबित्त र सहकारीहरूले गैरकानुनी र चक्रीय ब्याज प्रणालीमा लिइरहेको कोरोनाकालदेखि हालसम्मको सम्पूर्ण ब्याज र हर्जाना मिनाहा गर्न पनि महासंघको माग छ । लघुबित्त र सहकारीको बाँकी ऋण भुक्तानीका लागि पर्याप्त समय अवधि दिई ऋणको पुर्नतालिकीकरण गर्न र साना तथा गरिब किसानको वित्तीय संरक्षण गर्न महासंघले सरकारसँग माग गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्